site stats
बाह्रखरी :: Baahrakhari
देश
कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिकका सईलाई बसले दियो ठक्कर
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काटमाडौं । काठमाडौंको कोटेश्वर चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । जुनेली यातायातको बसको ठक्करबाट प्रहरी नायव निरीक्षक (सई) टोपबहादुर खत्री घाइते भएका छन् ।

गौशाला हुँदै ललितपुर बालकुमारी जान लागेको जुनेली यातायातको प्रदेश ३ ०१–००५ ख ९७५५ नम्बरको बसले खत्रीलाई ठक्कर दिएको ट्राफिक प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

बससहित चालक प्रहरी नियन्त्रणमा छन् । खत्रीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्