site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्पन्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन गरिने
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पन्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन गर्ने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकबाट स्पन्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति बनाउने निर्णय गरिएको छ । फलामे छडको कच्चापदार्थका रूपमा रहेको स्पन्ज आइरन र बिलेट्सबीचको भन्सारमा व्यवसायीको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको हो ।

Dabur Nepal
NIC Asia

स्पन्ज आइरन र बिलेट्स प्रयोग गरेर उत्पादन हुने फलामे छडको गुणस्तर निरन्तर रूपमा कायम गर्न गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिने निर्णय पनि बैठकबाट गरिएको छ ।

यस्तै, स्पन्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा समितिले यसअघि दिएको निर्देशन कार्यान्वयनको अवस्थाबारे अर्थ मन्त्रालयसँग जानकारी लिने निर्णय गरिएको सभापतिका सभापति अब्दुल खानले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu