site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
‘कोर्सबाहिर पनि गतिविधि होस् भनेर गल्फ आइकन डे मनायौँ’

काठमाडौं । गल्फमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान गर्दै बाह्रखरी मिडियाले ‘नेपाल गल्फ आइकन डे–२०२५’ मनाएको छ । नेपाल गल्फ संघसँगको सहकार्यमा बाह्रखरीले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘गल्फ आइकन डे’ मनाएको हो ।

कार्यक्रममा बाह्रखरीले लाइफटाइम अचिभमेन्ट अवार्डबाट मेजर रामबहादुर गुरुङलाई सम्मान गरेको छ । यसैगरी नेपालमा करिब तीन दशकदेखि नियमित गल्फ प्रतियोगिता आयोजना गर्दै आएको सूर्य नेपाल, गल्फको प्रचारप्रसारमा योगदान पुर्‍याएकोमा द हिमालयन टाइम्स, युवा गल्फर सद्भाव आचार्य र दुई महिला गल्फर तथा उद्यमी आर्सिया बानु र सरिता श्री ज्ञवालीलाई सम्मान गरेको छ ।

कार्यक्रममा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले गल्फलाई कोर्सबाहिर पनि चलायमान बनाउन बाह्रखरीले गल्फ आइकन डे मनाउने निर्णय गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

gulf-(10)-1750439309.jpg
उनले भने, “यहाँ उपस्थित हुनुभएका सबैजना व्यक्तित्व समाजका निम्ति विशेष हुनुहुन्छ । सँगै गल्फको लागि पनि अनि बाह्रखरीका निम्ति पनि । हामीले विगत आठ वर्षदेखि कर्पोरेट गल्फ गरिरहेका छौँ । गल्फमा लाग्नुभएका धेरै व्यक्तिहरूले यसको विकासमा धेरै काम गर्नुभएको छ । अन कोर्स काम भए पनि अफ कोर्समा पनि काम देखिन हामीले गल्फ संघसँग मिलेर गत वर्ष गोकर्ण गल्फ कोर्सको निर्माण गर्ने प्रेमस्वरुप सचदेवलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्डबाट सम्मान गरेका थियौँ । यस वर्ष मेजर रामबहादुर गुरुङ ‘लाइफटाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित हुनुभएको छ ।”

उनले गल्फ आइकन डे मनाउनुको उदेश्य गल्फमा योगदान पुर्‍याएकाहरूलाई सानो प्रोत्साहन भएको बताए ।

“आज हामीले युवा गल्फर, महिलासँगै गल्फको प्रचारप्रसारमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको संस्थालाई पनि सानो प्रोत्साहन स्वरुप सम्मान गरेका छौँ । बाह्रखरीले सहयोगी हातहरूको संयुक्त प्रयासमा यो कार्यक्रम अघि बढाएको छ । हाम्रो प्रयासमा सहयोगी बन्नुभएका सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु,” प्रधान सम्पादक प्रधानले भने ।

यसैगरी कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले गल्फमा योगदान पुर्‍याएकालाई सम्मान गर्ने बाह्रखरीको कार्य सराहनीय भएको बताए ।

उनले भने, “सर्वप्रथम आठ संस्करणका विजेतालाई बधाई दिँदै आगामी दिनमा थप सफलताको कामना गर्दछु । यस्तै, बाह्रखरीलाई आगामी दिनमा प्रतियोगिता अझ भव्य रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्न चाहन्छु । बाह्रखरीले गल्फ क्षेत्रमा योगदान पुर्‍याएकालाई गरेको यो सम्मान अत्यन्तै सराहनीय छ ।”

कार्यक्रममा भाटभटेनीका सञ्चालक तथा व्यावसायी मीनबहादुर गुरुङले गल्फ कोर्समा व्यावसायका ठूला सम्झौताहरू हुने मान्यता रहेको बताए ।

gulf-(7)-1750439307.jpg
“मेरो मुख्य बुझाइ बोल्नुभन्दा पनि काम गरेर देखाउनु भन्ने हो । मैले पहिलोपटक करिब तीन दशकअघि देखेको थिए । त्यसबेला मैले प्रभुत्व व्यक्तिहरूले खेल्ने खेल हो भन्ने बुझेको थिए । गल्फ खेल्नका निम्ति भएन तर हेर्नका निम्ति भयो । गल्फको कोर्समा ठूलो–ठूला व्यावसायिक सम्झौता हुन्छ भन्ने सुनेको थिए । सायद अहिले भइरहेको होला,” गुरुङले भने । उनले कार्यक्रममा उपस्थित अन्य व्यावसायीलाई समाजको लागि योगदान गर्न आग्रह गरे । 

यस्तै, नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले बाह्रखरीले आगामी दिनमा सम्मान कार्यक्रमलाई झनै भव्य बनाउने विश्वास व्यक्त गरे ।

gulf-(6)-1750439306.jpg
घलेले भने, “संघको काम खेलाडी जन्माउने हो । हामी त्यही काममा व्यस्त थियौँ । तर, बाह्रखरीले कर्पोरेट गल्फ र अरु गल्फका कार्यक्रममार्फत गल्फरहरूलाई नजिक ल्याउनु भएको छ र यो क्षेत्रलाई चलायमान बनाउन सानो प्रयास थाल्नुभएको छ । यसका निम्ति बाह्रखरीलाई धन्यवाद । पोखरामा गल्फ कोर्स निर्माण गर्नुभएकोमा म मेजर रामबहादुर गुरुङलाई पनि धन्यवाद भन्न चाहन्छु । अहिले गल्फमा लगानी गर्यौँ भने धेरै अवसरहरू छन् । त्यसैले म सबैजनामा गल्फ कोर्स बनाउनका निम्ति पहल गरौँ भन्ने आग्रह गर्न चाहन्छु । यसमा संघले चाहिने सहयोग पक्कै गर्नेछ । अहिले बाह्रखरीले गल्फमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । आगामी दिनमा यो अझ ठूलो पुरस्कार बन्ने छ भन्ने आशा लिएको छु ।”

कार्यक्रममा नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले ‘लाइफटाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएका मेजर रामबहादुर गुरुङको संक्षिप्त परिचय दिएका थिए । 

‘लाइफटाइम अचिभमेन्ट’ बाट सम्मानित भएका रामबहादुर गुरुङ सम्मानबाट आफूसँगै गल्फमा लाग्नेहरूलाई प्रेरणा मिलेको बताए ।

“यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा धन्यवाद तथा आभार । गल्फमार्फत समाजलाई चलायमान बनाउन भूमिका खेल्नुभएकोमा बाह्रखरीलाई धन्यवाद । तपाईंहरूको यो सम्मानलाई मसँगै गल्फ क्षेत्रलाई पनि नयाँ प्रेरणा दिएको छ,” गुरुङले भने ।

अन्तिममा, बाह्रखरी मिडियाका कार्यकारी निर्देशक ज्ञानेश्वर आचार्यले उपस्थितिका निम्ति सबैलाई धन्यवाद दिए ।

gulf-(2)-1750439303.jpg

gulf-(8)-1750439307.jpg

gulf-(11)-1750439310.jpg

gulf-(9)-1750439308.jpg

gulf-(4)-1750439305.jpg

gulf-(3)-1750439303.jpg

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्