site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सिरहा । सिरहा नगरपालिका–१८, लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२, बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर, चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए । मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्