site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अधिकारीले रियालिटी शो ‘सेफ नेपाल : द प्रोफेसनल’ निर्देशन गर्ने

काठमाडौं । प्रतिस्पर्धात्मक पाककला रियालिटी शो ‘सेफ नेपाल : द प्रोफेसनल’ को निर्देशकमा अमनप्रताप अधिकारी अनुबन्धित भएका छन् । उनले रियालिटी शो हिमालय रोडिज, को बन्छ करोडपति ?, ऐना, कृपा अनप्लगड लगायतका शो सफलतापूर्वक निर्देशन गरिसकेका छन् । अधिकारीले पोएट आइडल नामक विश्वकै पहिलो कवितात्मक रियालिटी शोको निर्माण तथा निर्देशन गरेका छन् ।

निर्देशक अधिकारीले निर्देशन पाककला रियालिटी शोमार्फत नेपाली खाना तथा पाककलाको परम्पराको आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । शोमा अधिकारीको आबद्धताले शोको गुणस्तर वृद्धि हुने विश्वास लिइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको पहिलो व्यावसायिक सेफहरूको पाककला प्रतियोगिताले परम्परागत एवं आधुनिकतालाई प्रतिनिधित्व गर्ने कुशल सेफ चयन गरिनेछ । यो रिटालिटी शो आगामी सेप्टेम्बरमा छायांकन सुरु हुनेछ भने अक्टोबरदेखि प्रसारण सुरु हुनेछ ।

विशेषगरी ‘डेमी सेफ दि पार्टी’ (डीसीडीपी) भन्दा माथिका सेफहरू सहभागी हुनसक्ने छन् । कमर्सियल किचनमा पाँच वर्षभन्दा बढी समय काम गरेको अनुभव अनिवार्य गरिएको छ ।

प्रतियोगिताका लागि एकसय सेफहरूको आवेदन लिइनेछ । हालसम्म १३ देशमा प्रोफेसनल सेफका रुपमा स्थापित ५० भन्दा बढी आवेदन छनोट भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्