site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले इरानमाथि १४ दिन आक्रमण नगर्ने भनेपछि युरोपेलीहरू कूटनीतिक पहल गर्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने निर्णय गर्नुअघि कूटनीतिका पहल र वार्ताका लागि दुई हप्ताको समय दिने बताएका छन् । ट्रम्पको भनाइपछि शुक्रबार जेनेभामा युरोपेली र इरानी अधिकारीहरूको भेटघाट भएको छ । भेट हुँदा, बेलायतका विदेशमन्त्रीले मध्यपूर्व संकट समाप्त गर्न अब एक अवसरको ढोका खुलेको बताएको सीएनएनले जनाएको छ । 

यद्यपि, अमेरिकी अधिकारीहरू वार्ताप्रति सशंकित भएको ह्वाइट हाउसका एक अधिकारीले बताएको समाचारमा उल्लेख छ । 

फ्रान्स, जर्मनी र संयुक्त अधिराज्यले इरानलाई पूर्ण वार्ताको प्रस्ताव गर्न लागेको फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले स्विट्जरल्यान्डमा उच्च जोखिमको कूटनीतिक भेटघाट सुरु हुन लागेको केही घण्टाअघि बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार फ्रान्सको रक्षा प्रदर्शनीको साइडलाइनमा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोंले परमाणु हतियारले सुसज्जित इरानको सम्भावनालाई व्यवस्थापन गर्न कुनै ढिलासुस्ती हुन नहुने चेतावनी दिए ।

“परमाणुसहित शून्य युरेनियम सम्वर्धनतर्फ, ब्यालिस्टिक हतियारहरूमा इरानीहरूको क्षमता र सम्भावनालाई सीमित गर्न र क्षेत्रलाई अस्थिर बनाउने आतंकवादी समूहहरूको वित्तपोषणलाई रोक्न वार्तामा फर्कने प्राथमिकता हुनुपर्छ,” म्याक्रोंले भने ।

म्याक्रोंका विदेशमन्त्री जँ–नोएल बारोट र उनको जर्मन तथा बेलायती समकक्षीहरूले इरानी विदेशमन्त्री अब्बास अराघचीलाई पूर्ण वार्ता कूटनीतिक र प्राविधिकको प्रस्ताव गर्ने म्याक्रोंले बताए ।

तीन युरोपेली राष्ट्रहरू र इरानबीचको भेटघाट स्विस सहर जेनेभामा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने तालिका छ ।

बारोटले बिहीबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई इरानी विदेशमन्त्रीसँग शुक्रबार हुने भेटघाटको लागि युरोपेलीहरूको योजनाबद्ध दृष्टिकोण सम्बन्धमा जानकारी गराएका थिए ।

रुबियोले कुराकानीमा अमेरिका कुनै पनि समयमा इरानीहरूसँग प्रत्यक्ष सम्पर्कको लागि तयार  भएको बताएका थिए ।

यता एक हप्ता लामो द्वन्द्व कम हुने कुनै संकेतबिना इरान र इजरायलले रातभर एकअर्काविरुद्ध आक्रमण जारी राखेका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो सेनाको उद्देश्य इरानका सबै परमाणु सुविधाहरूमाथि आक्रमण गर्नु रहेको बताए । यता, इरानले च्यानल १४ समाचार स्टेसनका कार्यालयहरूमा आक्रमण गर्ने योजना बनाएको र जसलाई उसले नेतन्याहूको प्रचार च्यानल भएको आरोप लगाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्