site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूतपूर्व गोरखा सैनिकका जायज माग बेलायती सरकारले सम्बोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री
तस्बिर : प्रदीपराज वन्त/रासस ।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज माग बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

नेपाल र बेलायत सरकारबीच गएको फेब्रुअरी २१ मा प्राविधिक समितिको बैठकमा गोरखा सैनिकका माग सम्बोधन गर्न केही प्रगति भएको उनले उल्लेख गरे । तर, समान पेन्सनलगायत मुख्य माग सम्बोधन हुन बाँकी रहेको उनले जानकारी गराए ।

समितिको अर्को बैठक यही मार्च २७ मा लन्डनमा हुने र त्यहाँ पनि आफूले भूतपूर्व गोरखा सैनिकका मागका विषय उठाउने उनले बताए । नेपालले ब्रिटिस गोरखाका मुद्दा प्राथमिकताका साथ उठाउने गरेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro