site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सरकारमा नहुँदा विकास र समृद्धिको यात्रा रोकिएको पोखरेलको आरोप

जलेश्वर । नेकपा (एमाले)का महासचिव शंकर  पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् । 
    
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आज बिहान भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको यात्रा रोकिएको बताए । जनतामा निराशा छाएको उनको आरोप छ । 
    
महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गरे । सोही कारण एमालेले मिसन २०८४ ल्याएको उनको भनाइ छ । 

मिसन २०८४ अन्तर्गत एमालेलाई राष्ट्रकै बलियो पार्टी बनाएर प्रत्येक प्रदेशमा समेत एमालेको नेतृत्वमा सरकार बनाउन लागि पर्न जनतासँग आग्रह गरे । रासस

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्