site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्छ : सभापति लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताएका छन् ।

शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेतृत्वले जनताको शक्ति चिनेको बेलामा नै देशले साँच्चिकै मुहार फेर्ने बताए । भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध रहेको जिकिर गरे ।

Argakhachi Cement Island Ad

उनले भने, "यसो हेर्दा यो मञ्च धेरै नै शक्तिशाली लागेको होला । किनभने यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरू सबै हुनुहुन्छ । तर यहाँको शक्तिले जब त्यहाँको शक्तिलाई चिन्छ बल्ल देशले मुहार फेर्छ । म यतिमात्र भन्न चाहन्छु । भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध छु । भएका राम्रा चिजको प्रसंशा गरेको छु ।"

सभापति लामिछानेले भरतपुर भ्रमण सफल पार्न आग्रह गरे ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्