site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरभित्रका ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अधिकांश औषधि पसल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । महानगरको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि गरेको अनुगमनमा ११८ वटा औषधि पसल मापदण्डविपरीत रहेको पाइएको हो ।  

वडा नं. १, २ र ३ का अधिकांश र अन्य वडामा गरी ११८ वटा पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ । 

तीमध्ये कुनै फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको, कुनैले तापक्रम नमिलाएको कोल्डचेन मेन्टेन नगरेको लगायतका समस्या देखिएको थियो । 

यस्तै, औषधि पसल दर्तावाला व्यक्ति पसलमा नबसेको, औषधि व्यवस्था विभागमा दर्ता भइ महानगरमा दर्ता नभएको पाइएको अनुगमन समितिकी संयोजक तथा महानगरकी उपमेयर सुनिता डंगोलले बताइन् । 

औषधिको बिलमा म्याद सकिने मिति, ब्याच नम्बर उल्लेख नभएको, नार्काटिक औषधि बेच्ने पसलमा चिकित्सकको मेडिकल काउन्सिल दर्ता नम्बर नरहेको जस्ता फरक फरक मापदण्ड पालना नगरेको पाइएको थियो । 

कतिपय आयुर्वेदिक औषधि पसलमा सर्जिकल र एलोपेथिक औषधि बेच्ने गरेको र आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि बिक्री गरेको पनि अनुगमनका क्रममा भेटिएको थियो । 

औषधि पसलहरूको यो प्रवृत्ति र अवस्थामा तत्काल सुधार गर्नुपर्ने संयोजक डंगोलको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro