site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रभु साहको प्रश्न : महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रभु साहले काठमाडौं महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन ? भनि प्रश्न गरेका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा काठमाडौं महानगरपालिकाको आतंकप्रति त्यस्तो प्रश्न गरेका हुन् । “काठमाडौं महानगरपालिकाको आतंक चलेको छ । सडकमा स्वरोजगार मजदुर कुटिन्छन्, कवाडीहरूमाथि डोजर चलाइएको छ, सुकुम्बासीलाई आतंकित बनाइएको छ । महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन । लाग्छ भने सरकारले नियमन गरोस्,” उनले भने । 

हरेक व्यक्तिले रोजगारी गर्न पाउने हकको सुनिश्चितता राज्यले गर्नुपर्ने बताए । उनले कवाडी व्यवसायीको सुरक्षा गर्न माग गरे । “कवाडीहरू महानगरपालिकामाथि त्रसित छन् । कवाड व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुस् । लाखौँ रोजगारबाट बेरोजगार बनाउने प्रयास भएको छ,” साहले भने ।

उनले सुकुम्बासीलाई हटाउन चाहे निकास दिनुपर्ने बताए । महानगरपालिकाको प्रहरीले देशको काननुभन्दा माथि ठानेर व्यवहार गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro