site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा दुर्घटनामा तीनजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

विराटनगर । मोरङको बेलबारीमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारीखण्डमा शुक्रबार बिहान टिपरले बोलेरो जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको मे१झ २८५६ नम्बरको सुमो गाडीलाई ठक्कर दिएको मोरङका डीएसपी रन्जनकुमार दाहालले बताए ।

त्यसपछि सुमो वाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रीवाहक बसमा ठोक्किन पुगेको दाहालले जानकारी दिए ।

qwfmdg-1709266754.jpg
दुर्घटनामा परी झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया दीपा खनालको घटनास्थलमै मृत्यु भएको थियो ।

Global Ime bank

उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा झापाकै बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

न्युरो अस्पतालमा अरू दुई घाइतेको उपचार भइरहेको छ । एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu