site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोर्डनविरुद्ध सविताको गोलमा नेपाललाई अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ ।

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी हुन् । २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।

उता, प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । जोर्डनले हालसम्म पाँचपटक प्रतियोगिताको उपाधि जितेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro