site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन खरानीको डल्लो हो, कुनै पनि बेला फुट्न सक्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताए । उनले आफूहरू सत्ताको खेलमा नरहेको स्पष्ट पारे । 

ओलीले भने, “अहिले मिसन–८४ मा लागेकाले कसैको काँध थाप्ने काम गरिँदैन, एमाले जनतामा आशा र उत्साह दिन लागिपरेको छ ।”

उनले कांग्रेसले मुलुकको राष्ट्रियता र अर्थतन्त्रप्रति चिन्ता नलिएको गुनासो गर्दै सत्तामा पुग्ने र टिकाउने खेलमा लागेको आरोप लगाए । मुलुकमा निराशा र अराजकता बढ्दा पनि चुप लागेर बसेको जिकिर गरे । 

त्यस्तै, उनले सुशासन दिएको दाबी गर्ने सरकारले आफैँले बनाएको आयोगले दोषी देखाएका मन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनु पर्ने धारणा राखे । सत्य निरुपण तथा मेलमिलाप विधेयक छिटो पास गर्नुपर्ने बताउँदै पीडितको पक्षमा आएको विधेयकको कसैले विरोध नगर्ने जिकिर गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro