site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सीजीको ‘डिलर मिट’ सौराहामा सम्पन्न 

काठमाडौं । सीजी ब्रान्डले सोमबार चितवनको सौराहास्थित होटेल जंगल क्राउनमा आफ्नो ‘डिलर मिट’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सीजीले पोखरा, बुटवल र नारायणघाटका सम्पूर्ण डिलरलाई निमन्त्रणा गरेको बताएको छ । सीजीका उपाध्यक्ष एससीसाबु र धर्मेन्द्र जोशीले दीप प्रज्वलन गर्दै कार्यक्रम सुरु गरेका थिए ।

सीजीका सेल्स हेड हरिचन्द्र अर्यालले कार्यक्रममा आकर्षक स्किमको पनि घोषणा गरेका छन् । डिलर मिटमा ७० जनाभन्दा बढी डिलरका प्रतिनिधिको उपस्थिति रहेको थियो । क्रार्यक्रममा सीजीले यूएचडी र क्युलेड सेगमेन्टमा नयाँ गुगल टीभी सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्