site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्व पौडेलविरुद्धको रिटमा दरपिठसँग असन्तुष्टहरू अदालतमा

काठमाडौं । विश्व पौडेलविरुद्धको रिट सर्वोच्चले दरपिठ गरिदिएपछि अधिवक्ताहरू दरपिठविरुद्धको निवेदन लिइएर पुन सर्वोच्च अदालत पुगेका छन् । 

रिटकर्तामध्येका एक अधिवक्ताका अनुसार सर्वोच्च प्रशासनले उनीहरूको निवेदन पनि दर्ता गरिदिएको छैन । 

“यतिञ्जेल सर्वोच्चले रिट दर्ता नगरेपछि हामीले दर्ता वा दरपिठ नै माग गरेका थियौँ,” ती अधिवक्ताले बाह्रखरीसँग भने, “दरपिठ भएपछि दरपिठविरुद्धको निवेदन लिएर हामी यहाँ छौँ । तर, निवेदन पनि दर्ता भइरहेको छैन ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्