site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताए । स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दिन सफल व्यक्तिको रूपमा चिन्ने गरेको पनि बताए ।

ओलीले भने, "नेपाली सांगीतिक जगतका एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याउनु हुने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो ।"

अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro