काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अमरापुरी शाखाले नवलपरासीको लक्ष्मी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकले गैंडाकोट नगरपालिका–१५, नवलपरासी पूर्वमा रहेको उक्त विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको बैंकले जनाएको छ ।
विद्यालयले शैक्षिक सामग्री सहयोगपछि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरेको छ । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।