site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएन : आरजु राणा
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरिन् । उनले बजेट दिनका लागि सांसदहरू हानथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताइन् । सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताइन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भनिन्, "आज हामी प्रि–बजेटको छलफल गरिरहेका छौँ, बजेटको लागि हामी सबै सांसदहरू हानथाप गर्दछौँ । मेरो क्षेत्रमा हालिदिनुस् भनेर तर, दुई–तीन दिनअघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरू ‘स्पेन्ट’ भयो भनेर । कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगे पनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैन । नेपाल सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।"

उनले कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै प्रश्न गरिन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro