site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत, फागुन २१ देखि छलफल

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष ०८१/०८२ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि प्रस्तुत गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

गोप्य राखिने कर प्रस्तावबाहेक आउँदो आर्थिक वर्षमा सरकारको विनियोजन शीर्षकसम्बन्धी प्रस्ताव पेस गरिएको छ । त्यसमाथि यही फागुन २१, २२, २३ र ३० र आउँदो चैत १, २ र ४ गते छलफल गरिने सभामुख देवराज घिमिरेले जानकारी गराए ।

प्रिबजेट छलफल बजेट अधिवेशन सुरु हुनुअघि ‘कर्मकाण्डी’ रूपमा मात्र हुने गरी सरकारले प्रस्तुत गर्ने विगतको अभ्यास थियो । त्यो व्यावहारिक नभएको भन्दै संसद्मा गरिएको बहसका आधारमा फागुनभित्रै प्रिबजेट छलफल सुरु गर्ने प्रतिबद्धता गरिएको थियो । सोहीअनुसार बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरिएको हो ।

सांसदहरूले सिद्धान्त र प्राथमिकतामा दिएको सुझाव बजेटमा नसमेटिने विगतको अभ्यासलाई चिर्न नयाँ अभ्यास थालिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro