site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
११ महिनामा १६ खर्ब ४४ अर्बको आयात, दुई खर्ब ४७ अर्बको वस्तु निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा (साउनदेखि जेठसम्म) १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात–निर्यात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, ११ महिनाको अवधिमा कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भई १८ खर्ब ९२ अर्ब रुपैयाँ नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका अनुसार, ११ महिनामा १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १३.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो ११ महिनामा कुल आयात १४ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।

निर्याततर्फ ७७.७७ प्रतिशत वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ । चालु वर्षको ११ महिनामा नेपालले दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । विभागका अनुसार, यो अघिल्लो वर्षको एक खर्ब ३१ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात उच्च हुँदा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ बढीको व्यापार घाटा भएको छ । यो गत वर्षको ११ महिनाको तुलनामा ६.३० बढी हो । अघिल्लो आर्थिक वर्षको ११ महिनामा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात–निर्यात भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्