site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापाले भने– ‘दागी’लाई घर पठाइदिऊँ
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई घर नै पठाएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले ‘आसनको दायाँ बसेको’ भनी हेर्न नहुने टिप्पणी गरे ।

“आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ,” उनले भने, “सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ ।”

केही दिनयता संसद् बैठकमा एकार्कालाई दागी देखाउने काम भएकाले मूल विषय छायामा परेको भनाइ उनको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्