site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेल्सीलाई हराउँदै लिभरपुल काराबाओ च्याम्पियन

काठमाडौं । माउरिसियो पोचेटिनोको टोली चेल्सीलाई १–० ले हराउँदै लिभरपुलले काराबाओ कपको उपाधि जितेको छ । आइतबार राति वेम्बली रंगशालामा भएको फाइनलमा लिभरपुललाई जित दिलाउन भर्जिल भान डाइकले अतिरिक्त समयमा निर्णायक गोल गरे ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । खेल अतिरिक्त समयसम्म लम्बिएको थियो । भान डाइकले ११८औँ मिनेटमा कोस्टास त्सिमिकासको कर्नरमा हेडर गोल गर्दै योर्गान क्लोपको टोलीलाई अग्रतामा राखेका थिए ।

यो लिभरपुलको १०औँ काराबाओ उपाधि हो । मोहम्मद सालाह, डार्विन नुनेज, डियागो जोटाजस्ता स्टार खेलाडीबिनै मैदानमा उत्रिएको लिभरपुलले पहिलो हाफमा र्‍यान ग्राभेनबेर्चलाई पनि ‘सब्सिच्युट’ गरेको थियो ।

जितपछि लिभरपुलका प्रशिक्षक क्लोपले काराबाओको उपाधि आफ्नो करियरकै सबैभन्दा विशेष भएको बताए । “मेरो २० वर्षे करियरमा यो सबैभन्दा विशेष उपाधि हो,” उनले भने, “यहाँ भएका सबै कुरा असाधारण छन् । यी कुरा सम्भव छैनन् । म आजको रात टिमको एक हिस्सा हुन पाएकामा गौरवान्वित महसुस गरिरहेको छु ।”

चेल्सीले भने लगातार छैटौँपटक वेम्बलीमा भएको फाइनल हार्‍यो । यसमध्ये चेल्सी तीनपटक लिभरपुलसँग नै निराश भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro