site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रमा नेताहरूको कार्यविभाजनका विषयमा आन्तरिक छलफल सुरु
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूको कार्यविभाजनका निम्ति आन्तरिक छलफल थालिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा बदलिँदो परिस्थितिअनुसार प्रदेश इन्जार्च र विभागहरूको कार्यविभाजन गर्ने विषयमा प्रारम्भिक छलफल गरिएको हो ।

विधान अधिवेशनको निर्णयानुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढंगले कार्यसम्पादन हुने गरी नेताहरूको कार्यविभाजन गर्ने विषयमा छलफल गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र पार्टीको चैत १ गतेदेखि सुरु हुने तराई–मधेस जागरण, पूर्वपश्चिम, उत्तरदक्षिणका अभियान, प्रदेशमा आफ्नो सापेक्षतामा अभियान सञ्चालनका निम्ति मार्गचित्र बनाउन पनि नेताहरूलाई निर्देशन दिएका थिए ।

Dabur Nepal

नेताहरूको कार्यविभाजन र पार्टीको आउँदो योजना तथा कार्यक्रमका बारेमा गृहकार्य गर्न उनले आफूहरूलाई दुई दिनको समय दिएको र आउँदो मंगलबार बिहान साढे ८ बजे बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे विस्तृत छलफल गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाले बालकुमारी घटनाबारे छानबिन समितिको प्रतिवेदनका विषयमा आजको बैठकमा छलफल नभएको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro