site stats
बाह्रखरी :: Baahrakhari
देश
ओम र दीर्घायुसहित थप चार अस्पतालको फोहोर संकलनमा महानगरको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले कलंकीस्थित सहिद मेमोरियल, नेपाल नेसनल, चाबहिलको दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आइतबार (आज) अनुगमन गरेको  थियो ।

Argakhachi Cement Island Ad

ल्यान्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार ती अस्पतालहरूमा फोहोर छुट्याउने मापदण्ड पालना नगरेको, निसंक्रमित गर्ने प्रक्रिया गलत भएको, वातावरणीय प्रदूषण फैलाउने गरी फोहोर संकलन गरी राखिएको पाइएको थियो ।

यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेस्छ अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्