site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुन्छ : रमेश लेखक
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भएमा व्यवस्थाका लागि घातक हुने बताएका हुन् । उनले सांसदहरूको गतिविधि व्यवस्थाका विरुद्धमा वातावरण बन्नेतिर निर्देशित भएका छन् कि भन्ने विषयमा सोच्न जरुरी रहेको बताए । उनले धेरै विधेयकहरू बनाउनुपर्ने अवस्था रहेको भन्दै संसदभित्र अवरोध गर्नु नहुने पनि बताए ।

KFC Island Ad
NIC Asia

उनले भने, "यो अधिवेशनबाट धेरै विधेयकहरू पास गर्नुछ । धेरै विषयमा छलफल गर्नुछ । जनतालाई यो व्यवस्था, यो संसद्ले नै देशको हित गर्न सक्छ । हाम्रो संविधानको परिकल्पना पूरा गर्नसक्छ । र हामी यो मुलुकलाई समुन्नत मुलुक बनाउन सक्छौँ भन्ने प्रत्याभूति दिन जरुरी छ । हामी सबै मिलेर यदि अगाडि बढ्न सकेनौँ भने त्यो स्थिति बन्दैन । यदि यो संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश बाहिर संप्रेषण भयो भने यो व्यवस्थाका लागि त्योभन्दा ज्यादा घातक केही हुन सक्दैन । त्यसकारण कहीँ हाम्रा गतिविधिहरू यही संविधानका विरुद्धमा, यही व्यवस्थाका विरुद्धमा वातावरण बन्नेतिर निर्देशित त भइराखेका छैनन् ? त्यो पनि सोच्न जरुरी छ ।"

उनले संसदभित्र आलोचना स्वस्थ ढंगले गर्नुपर्ने बताए । धैर्यता र संयमित भएर आफ्ना कुराहरू राख्न सांसदहरूलाई आग्रह पनि गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro