site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाह्रखरी गल्फमा पोखरा महानगर प्रवर्धक

पोखरा । पोखरामा यही वर्ष हुन लागेको गल्फ प्रतियोगितामा पोखरा महानगरपालिकाले प्रवर्धकको भूमिका निभाउने भएको छ । बाह्रखरी मिडियाले यस वर्ष पोखरामा ‘एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड’ प्रतियोगिता गर्दै छ । त्यसमा अपनत्व जनाउँदै पोखरा महानगरपालिका प्रवर्धकको भूमिका रहेर प्रतियोगितालाई सहयोग गर्ने भएको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यस इभेन्टमा प्रवर्धकको भूमिका निभाउने र यसले समग्र पोखरासहित गण्डकीलाई नै फाइदा हुने बताए ।

Dabur Nepal
NIC Asia

बाह्रखरी मिडिया र पोखरा महानगरपालिकाबीच छिट्टै प्रतियोगिताबारे सम्झौता हुँदै छ । यसलाई लिएर मेयर आचार्य उत्साहित छन् ।

बाह्रखरी गल्फकै विषयमा गत फागुन ७ गते एक कार्यक्रममा मेयर आचार्यले ‘बाह्रखरी गल्फ’ले पोखराको पर्यटन विकासमा सहयोग पुग्ने बताएका थिए ।

“चैतको पहिलो हप्तामा एउटा विशेष कार्यक्रम हुँदै छ, पोखरामा । गल्फ टुर्नामेन्ट हुँदै छ । त्यसलाई हामीले हरेक वर्ष गर्ने गरी क्यालेन्डरमा राख्ने कुरा आयोजक साथीहरूसँग भएको छ । त्यो चाहिँ सायद खेलभित्रको सबैभन्दा महँगो, एउटा उदाहरण मात्र भनेको,” मेयर आचार्यले भनेका थिए ।

बाह्रखरी गल्फजस्ता अरू इभेन्टहरू पोखरामा गर्न सकिने कुराहरूमा आफूहरूले योजनाभित्र राखेको उनको भनाइ छ । पोखरामा यस कोभिडको महामारीपछिको अवस्थामा सन् २०२१ मा गल्फ प्रतियोगिता भएको थियो । त्यतिबेलाको इभेन्टको बारेमा तत्कालीन स्थानीय सरकार प्रदेश सरकारले अर्थतन्त्रलाई गति दिन ठूलो योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro