देश
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आज उपकुलपति नियुक्ति गर्ने तयारी गरिएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै उपकुलपति नियुक्तिको तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
उपकुलपतिका लागि सिफारिस समितिले फागुन ६ गते तीनजनाको नाम सिफारिस गरेको थियो ।
जसमध्ये पहिलो नम्बरमा प्रा. डा. चित्रबहादुर बुढाथोकीको नाम रहेको छ । यस्तै, दोस्रोमा प्रा. डा. केशरजंग बराल र तेस्रोमा प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस भएको छ ।
उपकुलपतिको योग्यताबारे तोकिएको मापदण्ड र प्राप्तांककै आधारमा तीनजनाको नाम सिफारिस गरिएको शिक्षासचिव तथा सिफारिस समिति सदस्य सुरेश अधिकारीले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १२:०७
प्रतिक्रिया दिनुहोस्