site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘गोर्खा वारियर’ हेरेर ओलीले भने– अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न सबैले सहयोग गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओलीले चलचित्र ‘गोर्खा वारियर’ले नेपालीको कथा भनेको बताएका छन् । बुधबार ‘गोर्खा वारियर’को प्रिमिरमा पुगेर चलचित्र हेरेका उनले नेपाली विषय समेटिएको भन्दै निर्माण पक्षलाई धन्यवाद समेत दिए । 

“यो चलचित्रले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न पाउँदा खुसी महसुस गरेँ । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ”, अध्यक्ष ओलीले भने ।

चलचित्रले इतिहासको पानामा रहेको नेपालीको बहादुरीको कथालाई समेटेको बताए । बहादुरीको कथासँगै मानवीय संबेदनाका कुरा पनि चलचित्रमा अटाएको बताए । चलचित्रमा सस्पेन्स रहेको उनको प्रतिक्रिया छ । 

Dabur Nepal
NIC Asia

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको बताए । आपफ्ना बुवा र बाजेले पनि विभिन्न युद्ध लडेको स्मरण गर्दै उनले भने, “चलचित्र हेर्दा मैले कथासँग जोडिएको पाएँ । यो चलचित्रलाई हरेक नेपाली हेर्नुपर्छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुनेछौँ ।”

‘गोर्खा वारियर’का पर्दापछाडिका दुःख : जब हिरोको घाँटीमा डोरी कसियो...

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिंदेनले ‘गोर्खा वारियर’ले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने बताए । 

निर्देशक तथा लेखक मिलन चाम्सले वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई उत्साह थपेको बताएका छन् । यस्तै नेपाली विषयले नेपाली चलचित्रलाई विश्वबजारमा लैजान सकिने उनको भनाइ छ । 

‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको  छ । 

फागुन ११ गते शुक्रबारदेखि चलचित्र ‘गोर्खा वारियर’ प्रदर्शन हुँदै छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro