राजनीति
काठमाडौं । वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गते आह्वान गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले जानकारी दिए ।
बैठक फागुन १५ गते अपराह्न ३ बजे आह्वान गर्न सिफारिस गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० २१:१७
प्रतिक्रिया दिनुहोस्