site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एउटै पालिकाका ४०० जनामा मोतीविन्दु, ३०१ को निःशुल्क शल्यक्रिया

काठमाडौं । सुर्खेतको एउटै पालिकामा ४०० मोतीविन्दुका बिरामी भेटिएका छन् । नेपाल नेत्रज्योति संघले गरेको निःशुल्क आँखा शिविरमा गुर्भाकोट नगरपालिकाका ४०० जनामा मोतीविन्दुको समस्या भएको पाइएको हो ।

गएको माघ १७ देखि यही फागुन १ गतेसम्म संघले सञ्चालन गरेको शिविरमा दुई हजार ८४० जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये १४ प्रतिशत अर्थात् ४०० जनामा मोतीविन्दु देखिएको संघको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशका प्रमुख मानबहादुर कुँवरले जानकारी दिए ।

मोतीविन्दुको समस्या देखिएका बिरामीमध्ये ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

एउटै पालिकामा ४०० जनामा मोतीविन्दुको समस्या देखिनु सामान्य नभएको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र बताउँछन् । “यसबाट अहिले पनि नागरिकहरूलाई आँखा उपचारको आवश्यकता महसुस भएको छैन भन्ने देखिन्छ । समुदायमा अझै जनचेतना अभिवृद्धि गर्न जरुरी छ,” डा. मिश्र भन्छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro