site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुनसरीमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा धरान उपमहानगरपालिका–११, कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई पक्राउ गरिएको हो । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले घाइतेलाई घोपा अस्पताल धरान लगेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro