site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लुम्बिनी–सिंहदरबार यात्रापछि ईः र चाउले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । ‘लुम्बिनी–सिहंदरबार’ यात्रा सकाएर सामाजिक अभियान्त ईः र सौरभ न्यौपाने (चाउ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएका छन् ।

ईः र चाउले गत माघ २८ गते लुम्बिनीबाट यात्रा सुरु गरेका थिए । उनीहरूले सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानसहितको समाजवादउन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न तथा आमजनतामुखी शासन प्रोत्साहनका लागि संघीय सरकारको भूमिका सम्झाउन लुम्बिनी–सिहंदरबार यात्रा गरेको बताएका छन् ।

Dabur Nepal
NIC Asia

यात्राका क्रममा भेटिएका सडक मजदुरहरूको इच्छा, आकांक्षा र सपनालाई समावेश गरेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको अभियन्ता ईःले बाह्रखरीसँग बताए ।

II-Chau-1708347489.jpg
 

“सडक व्यापारी तथा अनौपचारिक क्षेत्रमा काम गरिरहेकाहरू मजदुरहरूसँग सडकमा भेट्यौँ । उहाँहरूको इच्छा, आकांक्षा सपनाहरू छन्,” ईःले भने, “त्यो सांकेतिकरूपले हामीले संविधानको पानापछि टिप्दै आएका थियौँ । हामी सिंहदरबार पुगेपछि उक्त कुराहरू प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र स्वरूप बुझाएका हौँ ।”

 

उनीहरूले देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न लगाएर बिनाअध्ययन विकल्प नदिएर विस्थापन गर्न नहुनेसहितका माग राखेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro