site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

समाज घटना–परिघटनाको निरन्तरता हो । त्यसैका गतिशिलताले समाजका सदस्यहरूलाई लगातार प्रभाव पारिरहेको हुन्छ र सर्वसाधारण नागरिकका निर्णय प्रक्रियामा कुनै न कुनै प्रकारले भूमिका खेलिरहेकै हुन्छ । 

घटना जस्ता देखिन्छन्, त्यस्तै बुझिन्छन् । त्यहीअनुरुप जनधारणा बनाउने चलन देखिन्छ, जसले दूरगामी दुष्प्रभाव पार्नसक्छ । तर वर्तमानमा त्यसको आभास हुँदैन । समाजमा उत्पन्न भएका घटनालाई पत्रकारले बुझेर, तौलेर र यसले समाजलाई पार्नसक्ने दुष्प्रभावबारे गम्भीर रुपले सोचेर सर्वसाधारणसमक्ष समाचारका रुपमा प्रस्तुत गर्ने व्यावसायिक कार्यलाई मानव समाजले चार शताब्दीदेखि पत्रकारिता भनेर बुझ्दै आएको छ ।

बाह्रखरी मिडिया यही धरोहरलाई कायम राख्दै व्यावसायिकतालाई आफ्नो धर्म, कर्म र चरित्र मान्दै यस कर्ममा लागेको आज आठ वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीलाई विश्वास गरेर, यस संस्थाप्रति सद्भाव देखाएर र हामी सम्पूर्णलाई प्रोत्साहित गरेर यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, नयाँ तथा पुराना सहकर्मी, सल्लाह र सुझाव दिने विद्वत वर्ग सबैमा कृतज्ञता ज्ञापन गर्दै जतिसुकै अप्ठेरो अवस्थामा पनि बाह्रखरीले आफ्नो व्यावसायिक धर्म निभाउन पछि नपर्ने अठोट व्यक्त गर्दछौं ।

भनाई र गराईमा तादम्यता ल्याउन भने हामीलाई अझै पनि कठिन छ । आजको दिन व्यावसायिकतामा ‘ग्रहण’ लागेको छ । 

Global Ime bank

स्वतन्त्र पत्रकारिताले संसारभरका मानिसलाई वाक् स्वतन्त्रता, लोकतन्त्र, मानव अधिकार र स्वतन्त्र जीवन यापनका लागि जति सेवा गरेको भएता पनि सामाजिक सञ्जालको सहज उपलब्धता र यसको गलत प्रयोगका कारण पत्रकारिता र व्यक्तिगत कुण्ठा अभिव्यक्तिकाबीच विभेदको घेरा साँघुरिँदै गएको छ । 

यो विभेदको घेरा जति कुण्ठित हुँदै जान्छ त्यति नै पत्रकारिताको घाँटीमा सुर्केनो कसिँदै जान्छ । जति पत्रकारिता कमजोर हुन्छ त्यति नै लोकतन्त्र र जनताका स्वतन्त्रता खोसिँदै जान्छन् । र, कमजोर देश सार्वभौमसत्ता गुमाउने अवस्थामा पुग्नसक्छ ।

फागुन ७, २००७ साल देशले प्रजातन्त्र पाएको दिन हो । २०७२ फागुन ७ मा जन्मेको बाह्रखरी मिडियाले प्रतिकात्मक रुपमा जनताको सार्वभौम अधिकारका लागि आफूलाई समर्पण गरेको दिन पनि हो । 

स्थापनको आठ वर्ष त्यति लामो समय नहोला, तर यस संस्थामा कार्यरत सम्पूर्ण सञ्चारकर्मी साथीहरूको लोकतन्त्र, जनाधिकार र प्रेस स्वतन्त्रताप्रतिको समर्पणलाई समयको नापोले नाप्न सक्दैन । हाम्रो समर्पण, त्याग, निष्ठा र जुझारुपनलाई पाठकले बुझेको र उत्प्रेरणा दिएको कारण हामी यहाँसम्म आइपुगेका छौं । 

यस क्रममा यस देशको एक सर्वश्रेष्ठ मिडियाको रुपमा पहिचान पनि बनाएका छौं । तर, आउँदा दिनमा हामीलाई मात्र होइन सम्पूर्ण मिडिया उद्योगलाई बुझ्ने र सहयोग गर्ने हातहरूको सख्त जरुरत भएको व्यहोरा सबैलाई बुझाउन चाहन्छौं ।

२०७२ असोज ३ गते नेपाली जनताले ल्याएको संविधानको संरक्षण गर्ने, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई सुरक्षित गर्ने हो भने लोकतान्त्रिक मिडियालाई जोगाउनु जरुरी हुन्छ । मिडिया जोगिन यसका आर्थिक स्रोतका मुहान जोगिनु अत्यावश्यक हुन्छ । जनतालाई सूचना उपलब्ध गराउँदा अनावश्यक आर्थिक भार नदिने नेपाली मिडियाले विज्ञापनलाई प्रमुख स्रोत मान्दै आएकामा यतिखेर उक्त स्रोतमा खडेरी लागेको छ । 

सरकारले स्पष्ट कानुनी व्यवस्था नगरिदिँदा देशभित्र देखिने विज्ञापन पनि दुर्लभ विदेशी मुद्रा खर्च गरेर विदेशी सञ्जालको माध्यमबाट जन–जनको मोबाइलमार्फत प्रवेश गरेर अर्थतन्त्रलाई खोक्रो र जिम्मेवार मिडियालाई धोत्रो बनाउने क्रम बढ्दै गएको छ ।

यस क्रमलाई तुरुन्तै निरुत्साहित नगर्ने हो भने नेपाली मिडियाको व्यावसायिक धार, निष्पक्षता र सार्वभौमसत्ताको पहरेदारको भूमिकामा क्रमशः क्षय भएर जाने देखिन्छ । स्वतन्त्र मिडियाका पक्षधर सबैलाई यस विषयमा सचेत आवाज बुलन्द गर्न र सरकारलाई समयमै सही निर्णय गर्न समेत बाह्रखरी आह्वान गर्दछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement