site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुसुम थापालाई प्रधानमन्त्रीको आश्वासन– बजेट निर्माण गर्दा रुकुम पूर्वलाई सम्बोधन गर्नेछौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो बजेटमा रुकुम पूर्वलाई विशेष सम्बोधन गरिने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद कुसुम थापाले आइतबार प्रतिनिधिसभा बैठकमा सोधेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।

“नेपालको राजनीतिक परिवर्तनमा उल्लेख्य योगदान गरेका जिल्लामध्ये रुकुम पूर्व एक हो । मैले रुकुम पुगेरै केही दिन पहिला त्यहाँका समस्याबारे छलफल गरेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “विकास निर्माणका लागि बजेट निर्माण गर्दा माननीयज्यूको चासो सम्बोधन गर्नेछु ।”

उनले सहिद परिवारलाई नियमानुसार राहतस्वरूप १० लाख रुपैयाँ दिने गरी गएको पुस २४ गते मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई राजपत्रमा समेत प्रकाशित भइसकेको बताए । अध्यावधिक ‘लिस्ट’मा सहिदको नाम छुटेको वा क्षतिपूर्ति नपाएको भए जानकारी गराउन उनले आग्रह गरे ।

सांसद थापाले रुकुम पूर्वका नागरिकले सशस्त्र द्वन्द्वकालमा सुरक्षाका निम्ति बैंकमा राखेको सुन समेत नपाएको भन्दै ‘कहिले पाउँछन् ?’ भनी प्रश्न गरेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले यसअघि सुन वा क्षतिपूर्ति पाएको भन्दै नपाएकाहरूले प्रमाणसहित बैंकमा सम्पर्क गर्न आग्रह गरे । उनले सुन नपाउनेको हकमा क्षतिपूर्तिको व्यवस्था रहेको भन्दै त्यसमा समस्या भए सरकारले सहजीकरण गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro