site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मैले प्रतिवेदन हेरेको छैन, अध्ययन गरेपछि आवश्यक कारबाही अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका विषयमा जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले पढ्न बाँकी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रतिवेदन आफूले आज मात्र पाएको भन्दै अध्ययन गरेर आवश्यक कारबाही गर्ने उल्लेख गरे ।

आइतबारकै संसद् बैठकमा विपक्षी दलहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए । उनीहरूले प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी ठहर गरिएको भन्दै किन बर्खास्त नगरेको भनी प्रश्न गरेका थिए ।

प्रतिनिधिसभामा विपक्षी दलहरूको एउटै माग– मन्त्री ज्वालाको बर्खास्ती 

जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन नै अध्ययन गर्न नपाएको उल्लेख गरे । “प्रतिवेदन गृह मन्त्रालय हुँदै आज मात्र मैले पाएको छु । मैले यसलाई हेरेको पनि छैन । आजै क्याबिनेट छ । अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, यो विश्वास दिलाउन चाहन्छु,” उनले भने ।

यसबारे प्रतिपक्षी दलहरूले सरकारले गरेका कार्यका विषयमा गलत प्रचार गरेको उनले आरोप लगाए । घटनापश्चात् सरकारले लिएको कदम सकारात्मक भएको उनको भनाइ थियो ।

“सरकारले गम्भीर रूपले लिएर संलग्नलाई निलम्बन गर्ने, छानबिन प्रक्रिया अघि बढाउने, १० लाख दिएर चुप लागेर बसेको तथ्यहीन हो । छानबिन समिति प्रतिपक्षीले बनाएको हैन होला !  सरकारले बनाएको हो, मेरै प्रस्तावमा बनेको हो,” उनले भने ।

मृतक दुईजनाका परिवारलाई १० लाख रुपैयाँ मात्र दिएर सरकार पन्छिएको विषयमा सत्यता नभएको उनले बताए । उनले पीडित परिवारका एक/एकजनालाई रोजगारी दिइने र श्रम मन्त्रालयबाट पनि थप रकम दिने टुंगो लागेको जानकारी गराए ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro