site stats
बाह्रखरी :: Baahrakhari
देश
ललिता निवास प्रकरणमा तत्कालीन भूमि सचिव दिनेशहरि अधिकारीलाई सफाइ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । प्रतिवादी बनाइएका ११० जनामध्ये बिहीबार विशेष अदालतबाट सचिव अधिकारीले सफाइ पाएका हुन् ।

उनीबाहेक सचिवहरू दीप बस्नेत र छविराज पन्त भने दोषी ठहर भएका छन् ।

विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसला सुनाएको हो ।

 
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्