site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वमन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् । उनीसहित तत्कालीन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् ।

अख्तियारले जोशीविरुद्ध सात करोड आठ लाख रुपैयाँ बिगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसलाबाट विजयकुमार गच्छदार र मन्त्री डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्