site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुस पठाइदिने आश्वासन दिएर 'ठगी गर्ने' मिलन तामाङ पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुस पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगडी गाउँपालिका–९ ध्वासे फूलबारीका ३० वर्षीय मिलन तामाङ रहेका छन् । उनी हाल काठमाडौंस्थित स्वयम्भुमा बस्दै आएका थिए ।

उनले गणेश बिसीसहित दुई जनालाई पाँच लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि रुस पठाउने आश्वासन दिएका थिए । ताामाङले उनीहरूलाई रुस पुगेपछि कन्ट्रक्सनमा लेबरको काममा लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब हुने बताएका थिए । त्यसका लागि उनले पीडितहरूबाट पटकपटक गरी एक लाख ६५ हजार रुपैयाँ लिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, त्यसपछि उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बुधबार काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारकाहीका लागि तामाङलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय