कला
काठमाडौं । चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय कार्यशाला चलाइरहेको छ । बोर्डले माघ २९ बाट पाँच दिने अभिनय कार्यशाला सुरु गरेको हो ।
बोर्डको प्रेक्षालयमा भइरहेको कार्यशालाको प्रशिक्षक भोलाराज सापकोटा रहेका छन् । कार्यशालामा अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको सम्बन्ध, अभिनेता र छायांकनको तयारी तथा अभिनयको सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बोर्डका प्रवक्ता केएल पीडितले जानकारी दिए ।
बोर्डले केसी समयपछि मेकअप तथा सम्पादनको कार्यशाला पनि चलाउने तयारी गरिरहेको बुढाथोकीले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १०:४६
प्रतिक्रिया दिनुहोस्