खेल

काठमाडौं । नेपाली टिमका ओपनर कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आउट हुने पहिलो ब्याटर बनेका छन् ।
बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध भुर्तेल खेलको पहिलो बलमै आउट भएका हुन् । टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालका भुर्तेललाई रुबेन ट्रम्पेलम्यानले गरेको इनिङको पहिलो बलमा जेजे स्मिथले क्याच गरे ।
जारी खेलको दुई ओभर सकिँदा नेपालले एक विकेट गुमाएर १२ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका आसिफ शेखले चार र अनिल साह आठले रन बनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० ०९:४५
प्रतिक्रिया दिनुहोस्