site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ५.९१ अंक बढेर बन्द, घट्यो धितोपत्र कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार करिब ६ अंक बढेको छ । गत कारोबार दिन मंगलबार साढे ३० अंकले घटेको बजार बुधबार ५.९१ अंक बढेर २०७६.५० विन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचन्ज (नेप्से)का अनुसार बुधबार नेप्से बढेर बन्द भए पनि कारोबार रकम घटेको छ । यसदिन चार अर्ब २५ करोड २७ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । मंगलबार चार अर्ब ६६ करोड ७१ हजार रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

१३१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ११२ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु) र पाँचथर पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

केही दिनदेखि लगातार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार हुँदै आएकोमा आज पनि यही कम्पनीले निरन्तरता दिँदै आएको  छ । यो कम्पनीको १७ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।  

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक बढ्नेमा फाइनान्स समूह छ । यो समूहको मंगलबार सर्वाधिक परिसूचक घटेको थियो । आज यो समूहको परिसूचक ६.५६ प्रतिशतले बढेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro