site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
७४ जिल्लाका १६ हजार २७५ ठाउँमा पुग्यो इन्टरनेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ७४ जिल्लाका १६ भन्दा बढी ठाउँमा इन्टरनेट जडान गरिएको बताएको छ ।

इन्टरनेट जडानका लागि हालसम्म कोषको पाँच अर्ब ४३ करोड ७२ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ ।

ब्रोडब्यान्ड इन्टरनेट जडान योजनाको २०८० पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणले यस्तो बताएको हो ।

प्राधिकरणका अनुसार ७११ स्थानीय तहको कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको छ ।

यस्तै, पाँच हजार ९५१ वडा कार्यालय, पाँच हजार ३४१ माध्यमिक विद्यालय र चार हजार २७२ स्वास्थ्य संस्थाहरूमा इन्टरनेट जडान गरिएको प्राधिकरणले जनाएको छ ।

यसरी कुल १६ हजार २७५ ठाउँमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट जडान भएको हो । यसका लागि प्राधिकरणले १८ वटा प्याकेजमार्फत योजना अघि बढाएको थियो ।

यस्तै, भूकम्पबाट अति प्रभावित आठ जिल्ला काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगाका ७६ स्थानमा इन्टरनेट जडान गर्ने लक्ष्यमध्ये ७३ ठाउँमा सम्पन्न भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro