site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललिता निवास जग्गा प्रकरणको बहस एक महिनामा सकियो, केही दिनमै फैसला आउने

काठमाडौं । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणको अन्तिम बहस सकिएको छ । विशेष अदालतमा गत माघ २ गतेबाट सुरु भएको अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको हो ।

एक महिना लामो बहस सकिएसँगै अब केही दिनमा फैसला आउने छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार आन्तरिक प्रक्रिया पूरा गरेर केही दिनमै फैसला आउने छ ।

Dabur Nepal
NIC Asia

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ मा दायर गरेको मुद्दामा पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाइएको छ ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त, तथा भूमाफियाका रूपमा जग्गा कारोबारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई विपक्षी बनाइएको मुद्दामा चार वर्षपछि फैसला हुन लागेको हो ।

अभियोगमा सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिएको दाबी गरिएको छ ।

सरकारले अधिग्रहण गरेको जग्गासमेत जफत भएको भन्ने अर्थ लगाई शुवर्ण शम्शेरका सन्तानले २०४९ मा फिर्ता लिएको र भूमाफियाको चलखेलमा २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक ललिता निवासको जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता भएको अभियोग दाबी छ ।

प्रधानमन्त्रीको सरकारी निवास विस्तारका नाममा २०६६ चैत २९ र २०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा डिल्लीबजार मालपोत कार्यालयले सार्वजनिक सम्पत्ति र राजकुलोको जग्गासमेत व्यक्तिका नाममा दर्ता गर्ने निर्णय भएको अभियोगमा उल्लेख छ ।

नौ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ । उक्त जग्गा व्यक्तिको नाममा सार्नका लागि संगठितरूपमा किर्ते गरिएको मुद्दासमेत जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro