site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्रोत नखुलेको सात किलो सुन र नगदसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । कास्कीमा स्रोत नखुलेको सात किलो ७८१ ग्राम ९९ मिलिग्राम सुन बरामद गरिएको छ । 

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भई पोखरा महानगरपालिका–२, मोहोरिया टोलस्थित बस्ने ४० वर्षीय सुरजित भौमिक छन् । 

Dabur Nepal
NIC Asia

कास्कीमा जय भैरव ज्वेलर्स सञ्चालन गरी बस्ने उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट स्रोत नखुलेको सुन, सुनका गहना, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँ बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले सञ्चालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu