site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्काउटको मुद्दा ‘हेर्न नमिल्ने’मा 

काठमाडौं । नेपाल स्काउटको मुद्दा हेर्न नमिल्नेमा परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र महेशशर्मा पौडेलको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको हो । 

गत माघ २१ मा स्काउटको तदर्थ समितिका प्रमुख तथा प्रमुख आयुक्त लोकबहादुर भण्डारीले रिट दायर गरेका थिए । उक्त रिटमा माघ २३ मा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयको निर्वाचन स्थगित गर्ने पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि दुवै पक्षलाई डाकेर माघ २५ गतेको पेसी तोकेको थियो । 

Dabur Nepal
NIC Asia

२५ गते न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजालसमा परेको रिट हेर्न नमिल्नेमा परेको थियो । माघ २६ मा न्यायाधीशहरू सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले निर्वाचन स्थगित गर्ने कागजात झिकाउने निर्णय गरेपनि अल्पकालीन अन्तरिम आदेश निरन्तर हुने वा नहुने विषयमा कुनै आदेश गरेको छैन । 

नेपाल स्काउटको १२ वर्षपछि हुन लागेको निर्वाचनमा कोसी र वाग्मतीबाहेकका प्रदेशमा सर्वसम्मत नेतृत्व सम्पन्न भइसकेको छ । वाग्मती र कोसीको निर्वाचनको प्रक्रिया सुरु भएपछि स्थगित गरिएको हो । स्थगितविरुद्ध प्रमुख आयुक्त नै सर्वोच्च गएका हुन् । स्काउट निर्वाचनमा पनि सत्तारुढ दल नेपाली कांग्रेससहित र प्रमुख प्रतिपक्षी एमालेका स्वार्थ जोडिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro