site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तान निर्वाचन : दुई दल मिलेर सरकार गठन गर्दै
SkywellSkywell

काठमाडौं । पाकिस्तानमा भएको आमनिर्वाचनको मतपरिणाम आएको छ । पूर्वप्रधानमन्त्री नवाज शरिफको पीएमएल–एन र बिलावल भुट्टो जरदारीको पीपीपीले गठबन्धन सरकार बनाउने तयारी गरेका छन् ।

यी दुवै दोस्रो र तेस्रो नम्बरका दलले सरकार गठन गरे इमरान खानका समर्थकहरू आक्रोशित हुने देखिएको छ ।

Dabur Nepal
NIC Asia

खानको पार्टी पीटीआईलाई चुनावमा सहभागी हुनबाट रोक लगाइएको थियो । त्यसैले पीटीआईका अधिकांश उमेदवारहरू स्वतन्त्र रूपमा उठेका थिए ।

निर्वाचनको अन्तिम नतिजाअनुसार खानको पार्टीका कम्तीमा ९३ स्वतन्त्र उठेका नेताले चुनाव जितेका छन् । खानको समर्थनमा रहेका अन्य गरी करिब १०१ जना पीटीआई समर्थितले चुनाव जितेको बताइएको छ ।

कुल २६५ सिटको राष्ट्रियसभामा पीएमएल–एनले ७५ र पीपीपीले ५४ सिट जितेको पाकिस्तानी सञ्चारमाध्यम डनले उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu