site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुर्घटनापछि पोखरेलको स्वास्थ्य जाँच, अवस्था सामान्य
फाइल तस्बिर ।

काठमाडौं । दैलेखमा शनिबार भएको सवारी दुर्घटनामा परेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलको आइतबार काठमाडौंस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टँदा पोखरेल सामान्य घाइते भएका एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“उहाँ (शंकर पोखरेल) आज ट्रमा सेन्टरमा गई उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ,” उनले भने, “उहाँको तिघ्रा र हातमा सामान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”

महासचिव पोखरेल आजै सुर्खेतबाट काठमाडौं आएका हुन् । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१, चुप्रानजिकै उनी सवार गाडी सडकमा पल्टिएको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा, कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाही पनि थिए ।

गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro