site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल स्काउटको निर्वाचन : कोसी र वाग्मतीमा मतदान, बाँकीमा सर्वसम्मत

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको छ । शनिबार काठमाडौंमा कोसी र वाग्मती प्रदेशका निम्ति राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको हो । अरू प्रदेशमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको जानकारी दिए । चार/चार वर्षमा हुनुपर्ने निर्वाचन भए पनि विविध कारणले लामो समयसम्म हुन नसकेको उनले बताए ।

Dabur Nepal
NIC Asia

उनले वाग्मती र कोसीबाहेक अरू पाँच प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको उल्लेख गरे । वाग्मती र कोसी प्रदेशमा नौ पदका निम्ति निर्वाचन भइरहेको उनले बताए ।

उनले नौ पदको निर्वाचनका निम्ति वागमती प्रदेशमा १५ सय बढी र कोसी प्रदेशमा ५५४ मतदाता रहेका जानकारी दिए ।

निर्वाचनबाट नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ मध्ये १६ जना वाग्मती र कोसी प्रदेशबाट चयन हुने उनले बताए । प्रदेश परिषद्हरूमा वाग्मती र कोसी प्रदेशमा २६/२६ जना निर्वाचित हुनुपर्ने उनले उल्लेख गरे ।

निर्वाचन निर्बाध रूपमा शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको उनले बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro