site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्बियामा मासिक ७० हजार तलब हुने भन्दै ठगी गर्ने चन्द्र गुरुङ पक्राउ

काठमाडौं । प्रहरीले सर्बिया पठाउने नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका–१० का ३१ वर्षीय चन्द्र गुरुङ रहेका छन् ।

उनले रामचन्द्र भण्डारीसहितलाई सात लाख ५० हजार रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि सर्बिया पठाउने बताएका थिए । उनले पीडितहरूलाई सर्बिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक ७० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

तर, उनी पीडितहरूबाट पटकपटक गरी तीन लाख रुपैयाँ लिएर फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुरुङलाई बुधबार काठमाडौंस्थित न्युरोडबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारकाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro